PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अमेरिकी राजदूतसँगको भेटपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे ओली



पहिलोपोस्ट

अमेरिकी राजदूतसँगको भेटपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे ओली
तस्विरः राजन काफ्ले

काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन्। मंगलबार साँझ ओली बालुवाटार पुगेका हुन्। 

सदनमा एमसीसी सम्झौता विचाराधीन रहेको तथा सत्ता गठबन्धनबीच नै प्रस्तावबारे एकमत नरहेको अवस्थामा ओली प्रधानमन्त्री भेट्न पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच समसामयिक विषयमा छलफल भइरहेको छ। 

अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगको भेटपछि ओली बालुवाटार पुगेका हुन्। ओली र बेरीबीच मंगलबार अपराह्न बालकोटमा भेट भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell