PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता



पहिलोपोस्ट

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
फाइल फोटो

काठमाडौँः नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी  बेरीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीको निजी सचिवालयका अनुसार अपराह्न ओलीसँग बेरीले भेट गरेका हुन्। ओली निवास बालकोटमा भेट भएको हो। 

भेटमा सदनमा पेश भएको एमसीसीसँगको सम्झौताबारे छलफल भएको ओलीले निजी सचिवालयले जनाएको छ। 

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको विरोधबीच फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो। फागुन १२ गतेदेखि सैद्धान्तिक छलफलको तयारी भए पनि प्रमुख विपक्षी दलको अवरोध जारी छ। 

बेरीसँगको भेटपछि ओलीले अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell