PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमसीसी पारित नगर्न आग्रह गर्दै वैद्यले भेटे प्रचण्ड



पहिलोपोस्ट

एमसीसी पारित नगर्न आग्रह गर्दै वैद्यले भेटे प्रचण्ड
फाइल फोटो

काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन नगर्न आग्रह गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो।

प्रचण्ड निवास खुमलटार पुगेर वैद्यले एमसीसी देशको हितमा नरहेको भन्दै पारित नगर्न आग्रह गरेको वैद्यको निजी सचिवालयले जनाएको छ।

भेटमा प्रचण्डले यथास्थितिमा एमसीसी पास नहुने र विपक्षीमा मतदान गर्ने बताएका छन्।

वैद्यले एमसीसीको विरोधका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।

यस्तै आठ दलीय मोर्चाले एमसीसी पारित नगर्न दबाबका लागि विरोध कार्यक्रम घोषणा गरेको छ।

मोर्चाले फागुन ११ गते ११ बजे बानेश्वरमा विरोध कार्यक्रम तय गरेको छ। ११ गते साँझ देशब्यापी मशाल जुलुस र १२ गते १२ बजे संसद् भवन घेराउ कार्यक्रम तय गरेको छ।

 १३ गते देशब्यापी कोणसभा हुनेछ। १४ गते १२ बजे पनि संसद् भवन घेराउ कार्यक्रम तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell