PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले राखे सभामुख हटाउनुपर्ने शर्त



पहिलोपोस्ट

एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले राखे सभामुख हटाउनुपर्ने शर्त

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता पारित गर्न प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। मंगलबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका ओलीलाई सम्झौता पारितका लागि आग्रह गरेका हुन्।

प्रधानमन्त्री देउवा भेट्नुअघि ओलीसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेट गरेका थिए। भेटलगत्तै ओली बालुवाटार पुगेका थिए। 

देउवाको प्रस्तावमा ओलीले भने शर्त राखेका छन्।

भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले ओलीले पुरानै शर्त दोहोर्‍याएको बताए। पौडेलले सभामुखलाई राजीनामा गराउनुपर्ने र संसद् खुलाउने वातावरण बनाए एमाले एमसीसीमा सहयोग गर्ने बताएको जानकारी दिए।

‘खासै केही भएन। पुरानै कुराकानी हुन्। संसद खुलाउने बतावरण बनाउनुस् भनेऊ हामीले उहाँले एमसीसी पास गर्न सहयोग गर्नुस् भन्नुभयो,’ उनले भने।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले भने संसदको अवरोध नहटेसम्म संसदीय प्रक्रियामा सहभागी नहुने अडान अध्यक्ष ओलीले राखेको बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell