PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

युभेन्टस र भिल्लारियलको बराबरी, चेल्सीको जित



पहिलोपोस्ट

युभेन्टस र भिल्लारियलको बराबरी, चेल्सीको जित
Photo: UCL

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा युभेन्टस र भिल्लारियल बराबरीमा रोकिएका छन्। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्।

युभेन्टसका डुसन भ्लाहोबिकले खेलको पहिलो मिनेट नबित्दै गोल गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो डेब्यु गोल गर्ने खेलाडी बने। पहिलो हाफमा युभेन्टस एक गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कन सफल भयो। खेलको ६६ औं मिनेटमा डानी परेजोले गोल गर्दै खेल बराबरीमा ल्याए। यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ।

त्यस्तै गएराति नै सम्पन्न अर्को अन्तिम १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिलमाथि जित निकाल्यो। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले २-० गोलअन्तरले जित निकालेको हो। चेल्सीको जितमा काइ हाभर्टेजले ८ औं मिनेटमा र क्रिस्टियन पुलिसिचले ६३ औं मिनेटमा गोल गरेका थिए। यी दुई टोलीबीच मार्च १७ मा दोस्रो लेगको खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell