
काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरीयताक्रम अनुसार नेपालको टी २० वरीयता खस्किएको छ। यसअघि १३ औं स्थानमा रहेको नेपाल १५ औं स्थानमा झरेको छ। नेपाललाई आयरल्याण्ड र स्कटल्याण्डले पछि पारेका छन्।
मंगलवार सम्पन्न सेमिफाइनलको खेलमा नेपालले यूएईसँग पराजय ब्यहोर्दै विश्वकप २०२२ को होडबाट बाहिरिएको थियो भने युएई र आयरल्याण्डले सेमिफाइनलमा जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेका थिए। नयाँ वरीयताक्रमले १२ औं स्थानमा यूएई, १३ औं स्थानमा स्कटल्याण्ड, १४ औं स्थानमा आयरल्याण्ड र १५ औं स्थानमा नेपाल रहेका छन्।
वरीयताको शीर्ष पाँचमा भारत, इङ्ग्ल्याण्ड, पाकिस्तान, न्युजिल्याण्ड र साउथ अफ्रिका छन्।