PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भोजपुरी गीत संग्रह ‘जनता के गीति गावत रहेम’ लोकार्पण



पहिलोपोस्ट

भोजपुरी गीत संग्रह ‘जनता के गीति गावत रहेम’ लोकार्पण

काठमाडौं : डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीतिसंग्रह लोकार्पण गरिएको छ। मंगलबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संग्रहको लोकार्पण गरेका हुन्।

पुस्तक लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रित गरेर लेखिएका गीत संग्रहमा समावेश गरिएको बताए। ठाकुरले सिर्जनाको माध्यमबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको प्रचण्डको भनाइ थियो। ‘उहाँ पिछडिएको भनिने समुदायबाट आउनुभएको छ, सोही वर्गको प्रतिनिधित्व गर्दै रचना सिर्जना गर्नुहुन्छ,' प्रचण्डले भने।

पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीत समावेश गरिएको छ। अधिकांश गीत लोक लयमा आधारित रहेको र केही गीत आफ्नै संगीतमा रेकर्डको तयारी भइरहेको ठाकुरले बताए। ‘भोजपुरीलाई केहीले अति व्यावसायिकताको नाममा अश्लीलता फैलाउने काम गरिरहेका छन् भने अर्कोतिर अतिवादका रुपमा अध्यात्मको नाममा अर्कै माहोल खडा गरिएको छ,' ठाकुरले भने, 'यी दुवै अतिबाट भोजपुरी कला संस्कृतिलाई बचाउनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell