PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

शनिवार ओली वीरगंज आउँदै, वीपी पार्कमा हुने आमसभालाई सम्बोधन गर्ने



पहिलोपोस्ट

शनिवार ओली वीरगंज आउँदै, वीपी पार्कमा हुने आमसभालाई सम्बोधन गर्ने

वीरगंज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वीरगंज आउने भएका छन्। एमाले पर्साले आयोजना गर्न लागेको बृहत पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्न ओली फागुन १४ गते वीरगंज आउन लागेका हुन्।

एक महिनाअघि माघ ८ गते नेकपा (माओवादी केन्द्र)का तत्कालिन नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई पार्टीमा प्रवेश गराउन उनी पर्साको ग्रामिण भेग जगरनाथपुर पुगेका थिए।

एमसीसी र स्थानीय चुनावी कार्यक्रमको कारण राजनीतिक दलहरु व्यस्त रहेको बेला ओलीको वीरगंज आउने मिति तय भएको एमाले पर्साका नेता सुन्दर कुर्मीले जानकारी दिए।

एमाले वीरगंज नगर कमिटि सचिव सुन्दर कुर्मीका अनुसार फागुन १४ गते बिहान ११ बजेदेखि ३ बजेसम्म वीरगंजको घण्टाघर नजिकै रहेको वीपी पार्कमा आमसभा तथा पार्टी प्रवेश गर्ने तय भएको छ। सो कार्यक्रममा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह र उनको टिम पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ। सिंह गत स्थानीय तहको चुनावमा राजपाबाट चुनाव लडेर पराजित भएको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell