
हरिस रउफ पाकिस्तानी क्रिकेट टोलीका फास्ट बलर हुन्। उनी पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सबाट खेल्छन्। रउफले गए रातिको पेशावर जलमीविरुद्धको खेलमा आफ्नो टिमका साथी कामरान गुलामलाई प्रतियोगिताकै बिच थप्पड हानिदिए। जसको चर्चा यतिखेर क्रिकेट वृत्तमा व्यापक छ।
दुवै टोलीले यस खेलमा जित निकाल्न अथक प्रयास गरेका थिए। तर, म्याच टाइ भएपछि खेल सुपरओभरमा पुगेको थियो। शाहीन अफ्रिदीले २० बलमा ३९ रन बनाएर समर्थकको तारिफ त बटुले तर चर्चामा भने रउफको थप्पड नै रह्यो।
Haris Rauf slaps Kamran Ghulam after he dropped his catch. Shameful. #psl #PakistanCricket #PZvsLQ pic.twitter.com/uP6Zs0dAW3
— Azus Khan (@AzusKhan) February 21, 2022
रउफले पछि गुलामसँग अँगालो मारे पनि उनको अगाडिको व्यवहारले दर्शक आक्रोशित भइसकेका थिए। यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनीमाथि प्रतिबन्ध लगाउनु पर्ने चर्चा पनि चलिरहेको छ।
यसैबिच, आइपीएलको सन् २००८ को एउटा खेल पनि फेरि चर्चमा आएको छ जहाँ हरबजन सिंहले खेलका बिच बलर श्रीसंतलाई थप्पड हानेका थिए र ११ खेलमा प्रतिबन्धमा परेका थिए।
के भएको थियो?
पीएसएलमा लाहोर कलन्दर्स र पेशावर जलमीबिच खेल चलिरहेको थियो। दोस्रो ओभरमा रउफको बलमा हजरतउल्लाह जाजइको प्रहार गुलामले पक्डन सकेनन्। आक्रमक भएका रउफले सिधै गएर गुलामलाई थप्पड हानिदिए।
यद्यपि, १७औँ ओभरमा गुलामले बाहव रियाजलाई आउट गराउँदा रउफ गएर अँगालो मारेका थिए। यसलाई कतिपय समर्थकहरुले अघिल्लो गल्तीलाई ढाकछोप गर्ने प्रयास भन्दै आलोचना गरेका छन्।