PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मधेशमा कांग्रेस अधिवेशन : खटाइयो प्रमुख निर्वाचन अधिकृत, १४ गते पालिका र १६ गते जिल्ला अधिवेशन



पहिलोपोस्ट

मधेशमा कांग्रेस अधिवेशन : खटाइयो प्रमुख निर्वाचन अधिकृत, १४ गते पालिका र १६ गते जिल्ला अधिवेशन

वीरगंज : मधेश प्रदेशका आठसहित १६ जिल्लामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला तथा पालिका अधिवेशनको प्रकृया अघि बढेको छ। अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पालिका र जिल्ला अधिवेशनको प्रकृया अघि बढेको हो।

१६ फागुन भित्र सबै अधिवेशन सक्ने कांग्रेसको लक्ष्य छ। सोही अनुसार केन्द्रीय कमिटीले पालिका र जिल्ला अधिवेशन सम्पन्न गराउन हरेक जिल्लामा प्रमुख निर्वाचन अधिकृत जिल्ला पठाइएको छ।

आगामी फागुन १३-१४ मा पालिका अधिवेशन र १५-१६ मा जिल्ला अधिवेशन गर्ने तयारी रहेको कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल बताउँछन्। कांग्रेस मधेश प्रदेश अध्यक्ष समेत रहेका रिजालले भने, ‘सबै जिल्लामा निर्वाचन अधिकृतहरु पठाइसकिएको छ। कुनै जिल्लामा एक दिन अघि वा पछि हुन सक्छ, तर १६ गते भित्रै सबै अधिवेशन सकाउने लक्ष्य छ।’

यता, पर्सामा १४ वटा पालिकामा निर्वाचन संयोजक खटाइसकिएको पर्साका प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए। पर्सामा फागुन १३ गते गाउँ/नगरको उम्मेद्वारी दर्ता तथा १५ गते जिल्ला अधिवेशनको लागि उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम तय भएको उनले बताए।

उनका अनुसार सहमति भए सोही दिन नजिता आउने तथा सहमति नभए उम्मेद्वारी घोषणाको भोलि पल्ट मतदान गरी अबेर रातिसम्ममा नतिजा आउने उनले बताए।

कांग्रेसको पर्सा जिल्ला अध्यक्षका लागि संस्थापन पक्षबाट जनार्दनसिंह क्षत्री र रामनारायण कुर्मीको चर्चा छ भने संस्थापन इतर समूहबाट अजय कुमार द्विवेदी र श्याम पटेलले जिल्ला सभापतिमा चुनाव लडने चर्चा छ। मधेश प्रदेशकै एक मात्र वीरगंज महानगरको सभापतिमा पत्रकार दीपेन्द्र चौहान, विजय सर्राफ, विजयसिंह क्षेत्री, जितेन्द्र पुरुष ढकाल र अनिल सिंहलगायतको चर्चा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell