PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

टिकटकलाई चुनौती दिन मेटाले फेसबुकमा लञ्च गरेको ‘रिल्स’ विश्वभर चल्ने



पहिलोपोस्ट

टिकटकलाई चुनौती दिन मेटाले फेसबुकमा लञ्च गरेको ‘रिल्स’ विश्वभर चल्ने
Photo L META

फेसबुकको माउ कम्पनी ‘मेटा’ले सर्ट भिडियोमा टिकटकको वर्चस्वलाई तोड्न विश्वभर ‘रिल्स’  लञ्च गरेको छ। मेटाले १५० भन्दा बढी देशमा रिल्स चल्न मिल्ने गरि फेसबुक अपडेट गरेको हो। यसअघि केही देशमा मात्रै चल्ने ‘रिल्स’ मंगलवारबाट विश्वका अधिकांश देशमा चलाउन मिल्ने बनाइएको हो।

‘मंगलबारबाट विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले रिल्स प्रयोग गर्न सक्छन्,’ मेटाका सीइओ मार्क जुकरबर्गले बताएका छन्।

इतिहासमै पहिलोपटक फेसबुक प्रयोगकर्ता घट्नुका साथै बजार मूल्यसमेत घटेपटि मेटा ‘सर्ट क्लिप’ निर्माण गर्ने फर्म्याट सुरु गर्न बाध्य भएको हो। 

रिल्स प्रयोग गरी प्रयोगकर्ताहरुले ६० सेकेन्ड लामो भिडियो बनाउन सक्ने मेटाले जनाएको छ। टिकटकमा अहिले तीन मिनेट लामो भिडियो हाल्न मिल्छ। रिल्स प्रयोग गरी ‘क्रियटर’हरुले आम्दानीसमेत गर्न सक्ने मेटाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell