PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

खतरा बढेको छ, गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड



पहिलोपोस्ट

खतरा बढेको छ, गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।

बुधवार नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन पछि उनले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन्।

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद भइरहँदा प्रचण्डको यस्तो अभिव्यक्ति आएको छ। गठबन्धनमा रही सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी सदनबाट पारित हुनुपर्ने पक्षमा छ। तर, गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा एमसीसीको पक्षमा छैनन्। कांग्रेसका नेताहरुले एमसीसी पारित गर्न नसघाएमा सरकारबाट बाहिरिनुपर्ने बताइरहँदा प्रचण्डले गठबन्धन टुटाउने प्रयास भइरहेको बताएका हुन्।

‘खतरा त बढेकै छ नि। यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि। तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहीँ होइन’ उनले भने।

प्रचण्डले केही दिन अघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उनले आफू गठबन्धनको पक्षमा रहेको र एमसीसी प्रक्रियाबाट टुंगिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell