PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

सरकारमा बसेर सडकमा जान भएन, एमसीसीमा दोहरो भूमिका हुनुहुन्न : मन्त्री झाँक्री



रासस

सरकारमा बसेर सडकमा जान भएन, एमसीसीमा दोहरो भूमिका हुनुहुन्न : मन्त्री झाँक्री

चितवन : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छिन्। उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन्।

'कि त सरकार छोडेर सडकमा जानु पर्योम। कि सरकारमा बसेर सडकमा जानु भएन,' झाँक्रीले भनिन्।

सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो। 

'विरोधाभाष कुरा हुँदैन। पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन,' झाँक्रीले भनिन्।

उनले सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै एमसीसी गलत भए आँफूहरु ब्याक हुने बताइन्।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन्। एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो। पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन्। तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell