PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

जन्मदिनमा ओलीले भने : एमालेले आज देशलाई राम्रो बनाएको छ, भोलि अझ राम्रो बनाउनेछ



पहिलोपोस्ट

जन्मदिनमा ओलीले भने : एमालेले आज देशलाई राम्रो बनाएको  छ, भोलि अझ राम्रो बनाउनेछ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्र र जनताका विरुद्ध काम नगर्ने बताएका छन्। जन्मदिनको उपलक्ष्यमा अध्यक्ष ओलीमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सबै जनताका निम्ति हामी काम गर्छौँ। हाम्रो पार्टीले काम गर्छ। हामी राष्ट्रका विरुद्ध, जनताका विरुद्ध काम गर्दैनौँ। मेरो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देशप्रति जनताप्रति समर्पित रहनेछ, मानव जातिको हितप्रति समर्पित रहनेछ।’

इतिहास झल्किने र आधुनिकता टल्किने एमालेको नीति रहेको उनको भनाइ थियो।

‘हाम्रो पार्टीले नीतिगत रुपमा देशलाई मार्गदर्शन गर्ने गरेको छ। एमालेका नीति नै नेपालका परराष्ट्र नीति हुन्। एमालेले लिएका नीति नै राष्ट्रिय नीति हुन्,’ उनले भने।

एमालेले देशलाई हिजो भन्दा आज राम्रो बनाएको र भोलि अझ राम्रो बनाउने उनले बताए। उनले पार्टीका नेता कार्यकर्ता र जनताको सहयोगका कारण आफू सफल भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell