PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

३१ हजार पाउन्ड स्टर्लिङ र २० हजार अमेरिकी डलर सहित समातिए भारतीय नागरिक



पहिलोपोस्ट

३१ हजार पाउन्ड स्टर्लिङ र २० हजार अमेरिकी डलर सहित समातिए भारतीय नागरिक

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार फ्लाई दुबईको विमानबाट दुबई जान लागेका सतिश परसोत्तम सजनानी पक्राउ परेका हुन्। उनीबाट प्रहरीले ३१ हजार छ सय पाँच पाउन्ड स्टर्लिङ, २० हजार अमेरिकी डलर, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३ सय युएई दिराम बरामद गरेको छ।

हिजो पक्राउ परेका उनलाई आज आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell