PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सात महिनापछि विशेष अदालतमा न्यायाधीश सिफारिसः अध्यक्षमा श्रीकान्त पौडेल, न्यायाधीकरणमा टेकप्रसाद ढुङ्गाना



पहिलोपोस्ट

सात महिनापछि विशेष अदालतमा न्यायाधीश सिफारिसः अध्यक्षमा श्रीकान्त पौडेल, न्यायाधीकरणमा टेकप्रसाद ढुङ्गाना

काठमाडौँः न्याय परिषदले विशेष अदालतको अध्यक्ष र सदस्य तोक्न सरकारलाई नाम सिफारिस गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षताको बैठकले नाम सिफारिस गरेको हो। संवैधानिक प्रावधान अनुसार विशेष अदालतको अध्यक्ष तथा सदस्य परिषदको परामर्शमा मन्त्रिपरिषदले नियुक्ति गर्ने व्यवस्था छ। 

निर्णय अनुसार अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस भएका छन्। उच्च अदालत पोखराको बागलुङ इजलासमा काजमा रहेका पौडेललाई अध्यक्ष सिफारिस गरिएको हो। 

यस्तै, सदस्यमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको नाम सिफारिस गरिएको छ। 
बैठकले विशेषमा हाल कार्यरत रहेका न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा काजमा खटाएको छ। यस्तै, नित्यान्द पाण्डेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा काजमा पठाइएको छ। 

परिषदले राजस्व न्यायाधीकरणको अध्यक्षमा टेकप्रसाद ढुङ्गानालाई तोक्न सरकारलाई सिफारिस गरेको छ। ढुङ्गाना हाल उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा कार्यरत छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell