PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एमसीसीको विरोध गर्दै वाइसीएलले निकाल्यो मसाल जुलुस

एमसीसीको विरोध गर्दै वाइसीएलले निकाल्यो मसाल जुलुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले विरोध प्रदर्शन गरेको छ। राजधानीमा आज मसाल जुलुस निकाल्दै वाइसीएलले प्रतिनिधिसभामा पेश भएको एमसीसी प्रस्ताव अघि नबढाउन माग गरेको हो। 

माओवादी केन्द्रले सदनमा एमसीसी पेश गर्न सहमति जनाए पनि त्यो पारित गर्न मत नदिने बताउँदै आएको छ। सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने गठबन्धनमा रहेको माओवादी केन्द्रको साथै नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जनता समाजवादी पार्टी विपक्षमा छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell