PahiloPost

May 15, 2024 | २ जेठ २०८१

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र एट्लेटिको मड्रिड



पहिलोपोस्ट

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र एट्लेटिको मड्रिड
Photo: UCL

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा युनाइटेड र घरेलु टोली एट्लेटिको १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको सातौं मिनेटमा जोआओ फिलिक्सको गोलमा अग्रता बनाएको एट्लेटिको पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने युनाइटेडले गोल फर्कायो। मार्कस रासफोर्डको स्थानमा मैदान प्रवेशको ७ मिनेटमै १९ वर्षे खेलाडी एन्थोनी एलेग्नाले गोल गर्दै खेल बराबरीमा ल्याए। र, खेल १-१ को बराबरीमा रोकियो।

त्यस्तै गएराति नै सम्पन्न अर्को अन्तिम १६ को पहिलो लेगको खेलमा पोर्चुगिच क्लब बेनफिका र डच क्लब आयाक्स २-२ को बराबरीमा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell