PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तेस्रो स्थानका लागि नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

तेस्रो स्थानका लागि नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दै
फाइल फोटो

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी टी २० ग्लोबल क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमन आज दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोटका लागि अन्तिम ढोका मानिएको सेमिफाइनल खेलमा नेपाल र ओमन क्रमश यूएई र आयरल्याण्डसँग पराजय ब्यहोर्दै विश्वकपमा स्थान बनाउनबाट चुकेका थिए। अर्कोतर्फ छनोट 'ए' बाट यूएई र आयरल्याण्डले अस्ट्रेलियामा यही वर्ष हुने टी २० विश्वकपका लागि टिकट पक्का गरिसकेका छन्।

यही महिना नेपालले ओमनसँग दुईवटा खेल खेलिसकेको छ जसमा चारदेशीय सिरिज अन्तर्गतको खेलमा ६ विकेटले जित निकालेको थियो भने विश्वकप छनोटको खेलमा ३९ रनले जित निकालेको थियो। आजको खेलले विश्वकप छनोटमा केही फरक नपार्ने भएकाले प्रतिष्ठाको लडाइका रुपमा मात्र रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell