PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

उपत्यकामा अझै फोहोरको डंगुर : कतै उठाइँदै, कतै दुर्गन्ध

उपत्यकामा अझै फोहोरको डंगुर : कतै उठाइँदै, कतै दुर्गन्ध

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : फागुन लागेपछि फोहोर ढुवानी रोकिएका कारण उपत्यकामा थुप्रिएको फोहोर अझै उठिसकेको छैन। कतैकतै उठाउन थालिए पनि धेरैजसो चोकमा दुर्गन्धित फोहोरको डंगुर छ।

मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको हो। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल ल्याण्डफिल साइटमा हुँदै आएको छ। उक्त साइट जान प्रयोग हुने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु-तिनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग राखेर स्थानीय बासिन्दाले आवागमन अवरोध गरेका कारण फोहोर ढुवानी रोकिएको हो।

काठमाडौं उपत्यकाबाट सिसडोल ल्यान्डफिल साइटमा दैनिक १ हजार ३ सय टन फोहोर विर्सजन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell