PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भूपि शेरचनको कविताबाट प्रभावित ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

भूपि शेरचनको कविताबाट प्रभावित ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक

काठमाडौं : फिल्म ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो।

भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म तयार गरिएको निर्देशक दिन्स पाल्पालीले जानकारी दिए। फिल्मको कथा समेत पाल्पालीले नै लेखेका हुन्। गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, यही विषयलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ।

चैत ४ गतेबाट प्रदर्शन हुने फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको अभिनय रहेको छ। फिल्ममा आफू गाउँबाट शहरमा आउने मदन नामक पात्रको भूमिकामा देखिएको कलाकार दिव्य देवले बताए।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्।

फिल्मको सह-निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्ड्स् नेपालको पनि सहभागिता रहेको छ। उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell