PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

बानेश्वरमा एमसीसीविरुद्ध माओवादीको जनवर्गीय संगठन प्रदर्शनमा, वीपी र गणेशमानको तस्विर बोकेर को आयो सडकमा ?



पहिलोपोस्ट

बानेश्वरमा एमसीसीविरुद्ध माओवादीको जनवर्गीय संगठन प्रदर्शनमा, वीपी र गणेशमानको तस्विर बोकेर को आयो सडकमा ?

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा बानेश्वमा आज पनि प्रदर्शन भइरहेको छ।

सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठनहरुले अहिले बानेश्वरमा प्रदर्शन गरिरहेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता पनि सडकमा एमसीसीको विरोधमा प्रदर्शनरत् छ।

नेपाली कांग्रेस (वीपी) पनि एमसीसीको विरोध गर्दै बानेश्वर पुगेको छ। वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको तस्विरसहितको ब्यानर प्रदर्शन गर्दै उनीहरुले एमसीसी खारेजीको माग गरेका हुन्।

आज दिउँसो प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell