PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बानेश्वर फेरि अशान्त : प्रहरीमाथि ढुङ्गामुडा, एमसीसी विरोधमा उत्रेकामाथि पानीको फोहोरा र अश्रुग्यास

बानेश्वर फेरि अशान्त : प्रहरीमाथि ढुङ्गामुडा, एमसीसी विरोधमा उत्रेकामाथि पानीको फोहोरा र अश्रुग्यास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ।

एमसीसीको विरोध गर्दै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा गरेका छन्। बानेश्वरमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाका कार्यकर्ताहरु प्रदर्शनरत् छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलहरु समेत विरोधमा छन्।  

आज प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुने भनिए पनि सहमतिका लागि भन्दै बैठक स्थगित गरिएको छ। अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell