PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रतिनिधिसभा बैठक स्थगित गरिएसँगै ओली पुगे संसद भवन, ओली र देउवाबिच छलफल हुँदै



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक स्थगित गरिएसँगै ओली पुगे संसद भवन, ओली र देउवाबिच छलफल हुँदै
तस्विर : रोशन सापकोटा

काठमाडौं : संसद भवन बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच छलफल भइरहेको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध बानेश्वरमा प्रदर्शन भइरहँदा दुई नेता बिच छलफल भइरहेको छ।

आज १ बजेका लागि बोलाइएको बैठक सरकारले नै सहमतिका लागि भन्दै रोक्न आग्रह गरेपछि भोलि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। बैठक स्थगित गरिएपछि ओली संसद भवन पुगेका थिए।

देउवाले सत्तारुढ गठबन्धनमा एमसीसीका लागि सहमति जुटाउन नसक्दा एमालेको सहयोगका लागि अनुरोध गरिरहेका छन्। उनले ओलीसँग भेट्दै सहयोगका लागि अनुरोध समेत गरेका छन्। यस्तै, बालुवाटारमा नै ओली र देउवा बिच वार्ता भइसकेको छ। एमालेले भने पहिला सभामुख अग्‍नि सापकोटालाई हटाउनुपर्ने भन्दै देउवासँग माग अघि सारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell