काठमाडौं: एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। आज सम्पन्न ड्र अनुसार नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्।
छनोटमा छ वटा समूह छन्। हरेक समूहमा चार टोली छन्। हरेक समूहका शीर्ष टोली र दोस्रो स्थानमा रहेका पाँच टोलीले एएफसी एसिया कप २०२३ मा स्थान बनाउने छन्।
नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ। जोर्डन र कुवेतसँग यसअघिको चरणमा पनि नेपालले प्रतिस्पर्धा गरिसकेको छ। फिफा वरीयताका हिसाबले हेर्दा जोर्डन ९० औं स्थानमा, कुवेत १४३ औं स्थानमा र इन्डोनेसिया १६० औं स्थानमा छन्। नेपाल भने १६७ औं स्थानमा छ।
The path is set as the #ACQ2023 journey begins!
— #AsianCup2023 (@afcasiancup) February 24, 2022
📆 June 8, 11 & 14, 2022
Only 1️⃣1️⃣ spots available. Who do you want to see at #AsianCup2023?
🔮 Predictions in 3,2,1 .. GO! ⬇️ pic.twitter.com/j0HMPMhO1A