PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

युक्रेनको राष्ट्रपति कार्यालयले भन्यो : रसियाको आक्रमणबाट ५० जना बढीको मृत्यु



पहिलोपोस्ट

युक्रेनको राष्ट्रपति कार्यालयले भन्यो : रसियाको आक्रमणबाट ५० जना बढीको मृत्यु
Photo : Reuters

युक्रेनको राष्ट्रपति कार्यालयले रसियाको आक्रमणपछि ५० जना भन्दा बढीको मृत्यु भएको जनाएको छ। रसियाको दुई पूर्वी विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि आजबाट युक्रेनमा रसियाली सेनाले आक्रमण गर्न सुरु गरेको हो।

युक्रेनी राष्ट्रपति भोलोदमीर जेलन्सकीको कार्यालयले ४० जना सैनिक र १० जना नागरिकको मृत्यु भएको जनाएको छ। यो संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

रसियाले युक्रेनको राजधानी कीभ आसापासको क्षेत्रसम्म हवाई आक्रमण गरिसकेको छ। रसियाले बेलारुस, क्रिमिया र स्वतन्त्र राज्य घोषणा गरेको क्षेत्रबाट युक्रेनमाथि आक्रमण गरिरहेको बताइएको छ। युक्रेनी सेनाले रसियाको ६ वटा विमानलाई आकाशमै नष्ट गरेको दाबी गरेको छ। रसियाली सेनाले भने आफूहरुले शहर केन्द्रीय आक्रमण नगरेको जनाएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell