PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ओमनले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य, लामिछानेले लिए तीन विकेट



पहिलोपोस्ट

ओमनले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य, लामिछानेले लिए तीन विकेट
फाइल फोटो

काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा ओमनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको हो।

ओमनस्थित अलअमरेत स्टेडियममा सुरुवाती ब्याटिङ गरेको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक २१ रन बनाउँदा आयन खानले १६ रन र नशीम खुशीले १५ रन जोडे। त्यस्तै कलिमुल्लाह १४ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

यसअघि विश्वकप छनोटका लागि अन्तिम ढोका मानिएको सेमिफाइनल खेलमा नेपाल र ओमन क्रमश यूएई र आयरल्याण्डसँग पराजय ब्यहोर्दै विश्वकपमा स्थान बनाउनबाट चुकेका थिए। अर्कोतर्फ छनोट 'ए' बाट यूएई र आयरल्याण्डले अस्ट्रेलियामा यही वर्ष हुने टी २० विश्वकपका लागि टिकट पक्का गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell