PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

देउवासँगको छलफलपछि प्रचण्ड-ओलीको एक्लाएक्लै भेट, एमाले-माओवादीका शीर्ष नेता छलफलमा



पहिलोपोस्ट

देउवासँगको छलफलपछि प्रचण्ड-ओलीको एक्लाएक्लै भेट, एमाले-माओवादीका शीर्ष नेता छलफलमा

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ। संसद्मा देखिएको अवरोध र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा उनीहरु बिच छलफल भएको बताइएको छ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। दुई नेताको भेटपछि अहिले एमाले र माओवादी केन्द्रका शीर्ष नेताबिच छलफल भइरहेको छ।

कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि एक्लाएक्लै प्रचण्ड-ओली भेटेका हुन्। यसअघि उनीहरु बिच बेला-बेलामा टेलिफोनमा संवाद भए पनि नयाँ सरकार बनेयता एक्लाएक्लै छलफल भएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell