PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

चिनियाँ कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी) बिच वार्ता, के थियो विषय?



पहिलोपोस्ट

चिनियाँ कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी) बिच वार्ता, के थियो विषय?

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बुधवार वार्ता भएको छ। भिडियो कन्फ्रेन्स मार्फत् भएको छलफलका क्रममा दुई देशबिचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको उल्लेख छ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री चन चोउबीच वार्ता भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ
वार्ताका क्रममा दुई देश र दुई कम्युनिस्ट पार्टीबिचको सम्बन्धका बारेमा सकारात्मक छलफल भएको बताइएको छ।

वार्ताका क्रममा उपमन्त्री चनले चीनले नेपालको विकासको बाटोमा नेपाली जनतालाई साथ दिइरहने प्रतिवद्धता जनाएका छन्। साथै सीपीसीले एकीकृत समाजवादीसँग पार्टी, शासन तथा राजकीय प्रशासन, आगामी साझेदारीका क्षेत्रमा  मिलेर काम गर्न चाहेको उनले बताएका छन्।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को फ्रेमवर्कमा रहेर द्वीपक्षीय सम्बन्धको स्वस्थ र स्थायी विकासका लागि काम गर्ने बताएका छन्।

वार्ताका क्रममा नेता नेपालले एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जनाउँदै नेपाली भू-भागलाई कुनै पनि शक्तिलाई चीन विरुद्धका पृथकतावादीलाई प्रयोग गर्न नदिइने बताएका थिए। 

यसअघि जनवरी २९ मा सीपीसीको विदेश विभागका मन्त्री सङ थाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell