PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

युक्रेनमा रहेका नेपालीलाई यथास्थानमै सुरक्षित बस्न दूतावासको अपिल



पहिलोपोस्ट

युक्रेनमा रहेका नेपालीलाई यथास्थानमै सुरक्षित बस्न दूतावासको अपिल

काठमाडौँः नेपाली दूतावास बर्लिनले युक्रेनमा रहेका नेपाली नागरिकलाई यथास्थितिमा सुरक्षित रहन अपिल गरेको छ। दूतावासले वक्तव्य जारी गर्दै तत्काल हवाइ यात्राबाट स्थानान्तरणको सम्भावना नरहेकाले सडक मार्गबाट सुरक्षितमा जान भने सुझाएको छ। 

रसियाले युक्रेनमा आक्रमण गरेपछि दूतावासले वक्तव्य जारी गरेको हो। परराष्ट्र मन्त्रालयले फागुन ११ गते युक्रेन यात्रा प्रतिबन्ध गरिसकेको छ। 
वक्तव्यमा युक्रेन सरकार, सम्बन्धित विश्वविद्यालय लगायतले जारी गरेका निर्देशन पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ। सम्भव भएमा सडक र रेलमार्गबाट युक्रेनको पश्चिम क्षेत्रमा सुरक्षित स्थानान्तरणका लागि पनि दूतावासले अपिल गरेको छ। 

परिचय खुल्ने कुनै पनि कागजात साथमा राख्न, आफन्त तथा नेपाली नियोगको सम्पर्कमा रहन पनि दूतावासले आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell