PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ओली र प्रचण्डबीचको भेटमा के भयो कुराकानी?



पहिलोपोस्ट

ओली र प्रचण्डबीचको भेटमा के भयो कुराकानी?

काठमाडौँः राजनीतिक गतिरोध बढ्दै जाँदा बिहीबार प्रमुख दलका शीर्ष नेताबीचको भेट बाक्लियो। एमसीसी प्रकरणका कारण सत्तापक्ष र प्रतिपक्ष दिनभरजसो छलफलमा व्यस्त भए। बिहान सत्ता साझेदार तीन दलले सिंहदरबारमा परामर्श गरे। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच छलफल भयो।

यस्तै लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भयो।

अपराह्न प्रतिनिधि सभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच छलफल भयो। संसद् भवनमा भएको छलफलमा शुक्रबारको संसद् बैठकको गतिरोध अन्त्यका विषयमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।

प्रधानमन्त्री र ओलीबीचको छलफलपछि प्रचण्ड र ओलीबीच छलफल भयो।

दुई नेताको बीचमा  समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

मल्लले भने, 'भेटको क्रममा राष्ट्रिय मुद्दा र समस्या बनेको एमसीसी  र सदन सुचारू गर्नेबारे छलफल भयो। यी बाहेक अरु विषयमा कुरा भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell