PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एमसीसीबारे छलफल गर्न दिउँसो संसद् बैठक बस्दै



पहिलोपोस्ट

एमसीसीबारे छलफल गर्न दिउँसो संसद् बैठक बस्दै

काठमाडौं : पेचिलो बन्दै गएको एमसीसीसँगको सम्झौता प्रस्तावमाथि छलफल गर्न आज पनि प्रतिनिधसभा बैठक बस्दै छ। सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आज सारिएको हो। बैठक दिउँसो १ बजे बस्ने भएको छ।

संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्न पाँचदलीय गठबन्धनमा सहमति नजुटेपछि बहुमत नपुग्ने भयले प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको बैठक सार्न आग्रह गरेका थिए। हिजो दिनभरजसो उनी प्रतिपक्षी एमालेको साथ लिन छलफलमा व्यस्त रहे। त्यसमा उनले एमसीसी अनुमोदन गर्न एमालेको साथ मागेका थिए।

तर एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही वा सभामुख हटाउनुपर्ने अडान दोहोर्‍याएका थिए।

देउवा र ओलीबीच हिजो सामूहिक र एक्लाएक्लै भएको भेटमा 'सकारात्मक' कुरा भएको भनिए पनि सहमति हुन सकेन। संसद बैठकअघि नै आज पनि छलफल अघि बढाइने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell