PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

फ्रान्सका राष्ट्रपतिको पुटिनलाई 'कल' : सैन्य गतिविधि बन्द गर



पहिलोपोस्ट

फ्रान्सका राष्ट्रपतिको पुटिनलाई 'कल' : सैन्य गतिविधि बन्द गर
Photo: Reuters

फ्रान्सका राष्ट्रपति इमेनुल म्याक्रोनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेका छन्। युक्रेनका नेताको अनुरोधअनुसार पुटिनसँग सोझै कुराकानी भएको म्याक्रोनले बताएका हुन्।

दोस्रो दिन पनि रसियाले युक्रेनको किभ क्षेत्रमा आक्रमण जारी राखेको छ। दशकौं पछि युरोपमा यसखालको युद्ध भएको बीबीसीले जनाएको छ। 
युक्रेनका राष्ट्रपतिले पुटिनसँग कुरा गर्न चाहेको तर फोन सम्पर्क हुन नसकेपछि फ्रान्सका राष्ट्रपतिलाई आग्रह गरेका थिए। त्यसपछि पुटिनलाई फोन गरेका म्याक्रोनले सैन्य गतिविधि बन्द गर्न आग्रह गरेका थिए। यो कललाई उनले 'प्रष्ट, सोझो र छिटो' भनेका छन्।

'युक्रेनका राष्ट्रपतिसँग संवाद अगाडि बढाउने विषयलाई लिएर कुराकानी भएको हो जुन उनीहरुले चाहेका छन् तर सम्पर्क हुन सकिरहेको छैन,' म्याक्रोनले ब्रसेल्समा जारी इयू समिटमा भनेका छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell