PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

'बुस्टर डोज' लगाउनेको संख्या १० लाख नाघ्यो, काठमाडौंसहित तीन जिल्लामा सक्रिय संक्रमित ५ सयभन्दा धेरै



पहिलोपोस्ट

'बुस्टर डोज' लगाउनेको संख्या १० लाख नाघ्यो, काठमाडौंसहित तीन जिल्लामा सक्रिय संक्रमित ५ सयभन्दा धेरै

काठमाडौं : कोभिड-१९ विरुद्धको अतिरिक्त खोप लगाउनेको संख्या १० लाख नाघेको छ। बिहीबारसम्म १० लाख २० हजार ५४१ जनाले अतिरिक्त खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो डझ र एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्ण खोप लगाएका छन्। मन्त्रालयका अनुसार हालसम्म चार करोड ७८ लाख ८२ हजार ८ सय डोज खोप प्राप्त भएको छ।

हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्। यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमितको संख्या दुई सयभन्दा बढी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell