PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

खुमलटारमा प्रचण्डले आफ्ना पार्टीका नेतालाई बोलाएर सोधे : सरकारमा बस्ने कि नबस्ने ?



पहिलोपोस्ट

खुमलटारमा प्रचण्डले आफ्ना पार्टीका नेतालाई बोलाएर सोधे : सरकारमा बस्ने कि नबस्ने ?

कामाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्तारुढ गठबन्धनमा विवाद बढ्दै जाँदा सरकारमा बस्ने नबस्नेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन्।

प्रचण्डले खुमलटारस्थित निवासमा पूर्व स्थायी कमिटी सदस्यलाई बोलाएर प्रचण्डले सरकारमा बस्ने नबस्नेबारे छलफल गरेका हुन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफल भएको जानकारी दिए।

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरिसकेको छ। एमसीसीकै बारेमा प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीवार छलफल गरेका थिए। माओवादी केन्द्र सरकारमा पनि बस्ने र एमसीसीको विपक्षमा पनि उभिने भन्दै आलोचना भइरहेको छ। सरकारबाट बाहिरिनुपर्ने दबाब बढ्दै गए पनि माओवादी केन्द्रले हालसम्म सरकारबाट बाहिरिने निर्णय भने गरेको छैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell