PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

सत्तारुढ मा‍ओवादी र एकीकृत समाजवादीमा छलफल तीब्र : सरकार अहिले छाडिहाल्ने कि एमसीसीमाथिको छलफलपछि?



पहिलोपोस्ट

सत्तारुढ मा‍ओवादी र एकीकृत समाजवादीमा छलफल तीब्र : सरकार अहिले छाडिहाल्ने कि एमसीसीमाथिको छलफलपछि?

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)भित्र सरकारबाट बाहिरिने विषयमा छलफल तीव्र भए पनि तत्काल सरकारबाट बाहिरिने सम्भावना कम देखिएको छ।

माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पनि सरकारमा बस्‍ने नबस्‍नेबारे छलफल भएको छ। तर, तत्काल सरकारबाट बाहिरिन नहुने विषयमा नेताहरुले मत राखेको नेताहरुले बताएका छन्। 

यस्तै, एकीकृत समाजवादी पार्टीमा पनि सरकारबाट बाहिरिने विषयमा छलफल तीब्र छ। आजको प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि हुने सैद्धान्तिक छलफलपछि मात्रै पार्टीले निर्णय गर्ने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए। 'अहिलेसम्म त केही निर्णय भएको छैन्। आज सैद्धान्तिक छलफल हुन्छ। त्यसपछि मात्रै के हुन्छ भन्ने हुन्छ,' उनले भने। 

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सत्तारुढ दल विभाजित भएका छन्। एकीकृत समाजवादी र माओवादी विपक्षमा उभिँदा नेपाली कांग्रेसले भने संसदबाट अनुमोदनका लागि कसरत गरिरहेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी अनुमोदन गर्नुपर्ने विषयमा छलफल गरेका थिए।

देउवा-ओली संसदको अवरोध हटाएर एमसीसी पास गराउनुपर्ने सहमति निकट पुगे पनि ठोस सहमति भने भइनसकेको एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार कांग्रेस संसदको अवरोध हटाउन तयार भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell