PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सरकारको आग्रहमा आज पनि स्थगित भयो प्रतिनिधिसभा बैठक, अर्को बैठक आइतवार



पहिलोपोस्ट

सरकारको आग्रहमा आज पनि स्थगित भयो प्रतिनिधिसभा बैठक, अर्को बैठक आइतवार

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर किचलो बढिरहेको बेलामा आज बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो।

बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए।

सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै आजको बैठक पनि स्थगित गर्न सरकार पक्षले आग्रह गरेको हो।

बिहीवारको बैठक पनि सरकारले नै आग्रह गरेर स्थगित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell