PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

टिकट र पासपोर्ट विना नै विमानभित्र युवक पुगेको घटनाको छानबिन गर्न ९ सदस्य छानविन टोली गठन



पहिलोपोस्ट

टिकट र पासपोर्ट विना नै विमानभित्र युवक पुगेको घटनाको छानबिन गर्न ९ सदस्य छानविन टोली गठन

काठमाडौं : टिकट र पासपोर्ट  विना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमान भित्र युवक पुगेको घटना बाहिरिएपछि अनुसन्धानको लागि समिति समिति गठन गरेको छ।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको नेतृत्वमा छानविन समिति बनाएको हो। गृह मन्त्रालयले समितिलाई छानविन गरेर सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

फागुन ९ गते काठमाडौंबाट दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमान पासपोर्ट र टिकट विना नै एक युवक विमानभित्र पुगेका थिए। त्यसपछि विमानस्थलको सुरक्षामा प्रश्न उठ्दै आएको थियो।

विमानमा पुगेका युवकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell