PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

प्रधानमन्त्रीलाई भेटेपछि माधव नेपालको पार्टीका शीर्ष नेतासँग छलफल



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई भेटेपछि माधव नेपालको पार्टीका शीर्ष नेतासँग छलफल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेपछि आफ्ना पार्टीका नेताहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई के गर्ने भन्ने विषयमा नेपालले छलफल अघि बढाएका हुन्।

एकीकृत समाजवादीमा पार्टीका नेताहरु एमसीसीको विपक्षमा लाग्दा सरकारमा सहभागि मन्त्रीहरुले भने एमसीसी पास गर्नुपर्ने बताइरहेका छन्।

एमसीसीमा मध्यमार्गी विकल्पका बारेमा समेत छलफल भइरहेको छ। यसअघि सरकारमा सहभागी दल एकीकृत समाजवादीले पनि एमसीसीमा आफ्नो अडानलाई यथावत राखेर सत्ता गठबन्धनलाई जोगाउने निर्णय गरेको थियो।

देउवाले गठबन्धनमा एसमीसी पास गर्न साथ नमिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर भए पनि एमसीसी पास गर्ने गृहकार्य गरिरहेका छन्। आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतवारसम्मका लागि स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell