PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

थप २७५ जनामा देखियो कोरोना संक्रमण, ५५५ जना भए संक्रमण मुक्त



पहिलोपोस्ट

थप २७५ जनामा देखियो कोरोना संक्रमण, ५५५ जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ८ हजार ६२८ जनाको परीक्षण गर्दा २७५ जना संक्रमित पहिचान भएका हुन्।

यस्तै, ५५५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ हजार २८० पुगेको छ।

संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell