PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

संसद संचालनका लागि सभामुखको बहिर्गमनको अडान कायम छ : शंकर पोखरेल



पहिलोपोस्ट

संसद संचालनका लागि सभामुखको बहिर्गमनको अडान कायम छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद संचालनका लागि आफूहरुको माग सम्बोधन हुनुपर्ने बताएका छन्। शुक्रवार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले सभामुख अग्नि सापकोटाले पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको भन्दै सभामुख नहटेसम्म संसद संचालन गराउन नसकिने अडान यथावत् रहेको बताएका हुन्।

‘सभामुखले आफ्नो भूमिका निर्वाह गर्ने कुरामा पदीय आचरण पूरा गर्न सक्नु भएन। हामीले आफ्ना गल्तीहरु सच्याउन वा मार्ग प्रशस्त गर्नका लागि बारम्बार भन्दै आएका छौं,’ पोखरेलले भने, ‘सत्तारुढ गठबन्धनले हाम्रो मागलाई सम्बोधन गर्ने वित्तिकै स्वभाविक रुपमा संसदको प्रक्रिया संचालन हुन्छ। र, हामी संसदभित्र प्रवेश गर्ने हरेक बिजनेशहरुमा छलफल गरेर निर्णय प्रस्तुत गर्नका लागि तयार नै छौं।’

उनले नेकपा एमाले र नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा आधारभूत रुपमा सहमत हुनुपर्ने समेत बताए। लोकतन्त्रलाई सही बाटोमा अघि बढाउन पनि सभामुख सापकोटाले आफ्नो दल विभाजनका बेला गरेको गल्ती सच्याउन वा पदबाट राजीनामा गराउने काममा नेपाली कांग्रेस सहमत हुनुपर्ने उनको तर्क थियो। उनले एमाले नयाँ सरकार बनाउने पक्षमा नरहेको समेत बताएका छन्।

‘हाम्रा लागि सत्ताको प्रश्न प्रधान प्रश्न होईन। हामी कुनै सरकारलाई परिवर्तन गरेर अर्को सरकार बनाउने मान्यताको पक्षमा पनि छैनौं’ उनले भने।

पछिल्लो समय अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ लाई लिएर सत्तारुढ गठबन्धनभित्रै असहमति बढेपछि कांग्रेस र एमाले नेताबिच छलफलको क्रम बढेको छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापतिले एमसीसी पारित गराउन एमालेसँग सहयोग माग्दै आएका छन्। तर, एमालेले भने आफूले कारवाही गरेका सांसदहरुलाई हटाउनुपर्ने र सभामुखको राजीनामालाई बटमलाइन बनाउँदै आएको छ। एमालेले आफूहरुको माग पूरा नभएसम्म संसद चल्न नदिने भन्दै प्रत्येक बैठक अवरुद्ध गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell