PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

एमसीसी बल्छी जस्तो, नेपालीलाई माछा बनाउन खोजियो : झलनाथ खनाल



पहिलोपोस्ट

एमसीसी बल्छी जस्तो, नेपालीलाई माछा बनाउन खोजियो : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को उद्देश्य डरलाग्दो भएको दावी गरेका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खनालले एमसीसी शर्त नै शर्तको सम्झौता भएको बताए।

सडक मर्मत र ट्रान्समिसनका लागि मात्रै सहयोग दिन लागेको भए शर्त किन राखेको भन्ने खनालको प्रश्न थियो। सम्झौता केही नेपालीहरुले आइपीएसको अंग नभएको दाबी गरे पनि अमेरिकी मन्त्रीहरुले नै आइपीएसको अंग भएको बताएको खनालको दाबी थियो।

‘अमेरिकाका मन्त्रीहरुले एमसीसी आइपीएसको अंग हो भनिरहेका छन्। उनीहरुका दस्तावेजमा पनि त्यही कुरा रहेछन्। जुन ढंगले सम्झौतामार्फत जुन उद्देश्य पूरा गर्न खोजिएको छ यो डरलाग्दो छ,’ खनालको भनाइ थियो।

उनले एमसीसीलाई बल्छीसँग तुलना गरे। नेपाललाई फसाउनका लागि सम्झौता लागू गर्न खोजिएको उनको भनाइ छ।

‘यो प्रोजेक्ट बल्छी जस्तो रहेछ नेपाली जनतालाई माछा बनाइएको रहेछ। राष्ट्रघाती पक्षलाई जुन बेलासम्म सुधार्न सकिन्न त्यतिबेलासम्म यो सम्झौता स्वीकार्न सकिन्न,’ खनालले भने।

उनले अमेरिकी सुरक्षा नीति विपरितको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको बताए। अमेरिकाको सुरक्षा छाताभित्र नेपाललाई लग्न खोजिएको उनको आरोप छ। त्यसलाई लागू हुन नदिने खनालले बताए। उनले एमसीसी कम्युनिस्ट विरोधी परियोजना भएको बताए।

‘यो राष्ट्रघात हुन्छ। यस्तो कुरा मानिदैँन। संशोधन गरिदैन भने नो एमसीसी। यो कम्युनिस्ट विरोधी सम्झौता पनि हो। ३० अर्ब एनजीओ आइएनजीओलाई बाड्ने भनिएको छ। त्यो भनेको कम्युनिस्टका विरुद्धमा काम गर्नेहरुलाई हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell