PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

गठबन्धन जोगाउन दौडधुप : माधव नेपालपछि प्रचण्डले पनि भेटे देउवा



पहिलोपोस्ट

गठबन्धन जोगाउन दौडधुप : माधव नेपालपछि प्रचण्डले पनि भेटे देउवा

काठमाडौं : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) गठबन्धन जोगाउन दौडधुपमा लागेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग मिलेर भए पनि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने रणनीति लिएपछि एकीकृत समाजवादी र माओवादी गठबन्धनलाई जोगाउन लागिपरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दलका नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्री देउवासँग भेट गरेका छन्। देउवासँग बालुवाटारमा गठबन्धन जोगाउनेबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि देउवालाई बालुवाटारमा भेटेर आफ्ना दलका शीर्ष नेतालाई सिंहदरबारमा भेटेका छन्। अहिले माओवादी र समाजवादीले एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि जोगाउने विषयमा छलफलमा जुटेको बताइन्छ। 

सत्तारुढ दलका नेताबाटै असहयोग हुन थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर एमसीसी पास गर्न देउवाले तयारी अगाडि बढाएका छन्। प्रचण्ड-नेपालले एमसीसी पास पनि गर्ने र गठबन्धन जोगाउन सकिने विकल्पमाथि छलफल चलाएका हुन्। एमसीसीबारे सत्ता गठबन्धन विभाजित भएपछि बिहीवार र शुक्रवार प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक आइतवारका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell