PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

युक्रेनको राजधानी कीभ पुगे रसियाली सैनिक, जेलेनस्कीले पुटिनलाई भने : वार्ता गरौं



पहिलोपोस्ट

युक्रेनको राजधानी कीभ पुगे रसियाली सैनिक, जेलेनस्कीले पुटिनलाई भने : वार्ता गरौं
Photo : Reuters

युक्रेनी अधिकारीहरुले रसियाली सैनिक राजधानी कीभ प्रवेश गरिसकेको बताएका छन्। बीबीसीका अनुसार रसियाली सैनिकहरु कीभको उत्तर क्षेत्रमा पुगिसकेका छन्। राजधानीमा रसियाली सैनिकको बख्तरबन्द गाडीहरु गुडिरहेका छन्।

रसियालले पूर्वी युक्रनेको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि रसियाली सैनिकहरु युक्रने प्रवेश गरेका हुन्। बिहीवार बिहानैदेखि रसियाले युक्रेनी क्षेत्रमा आक्रमण गरिरहेका छन्। आक्रमणका कारण हाल सम्म १३७ जना भन्दा बढीको मृत्यु भइसकेको युक्रेनी अधिकारीहरुले जनाएको छ।

रसियाले कीभ नियन्त्रणमा लिने प्रयास गरिरहेको हल्ला पछि दुई दिन अघि देखि नै राजधानी छाड्नेको भिड लागेको थियो। यता, रसियाले भने आफूहरुले युक्रने कब्जा गर्ने प्रयास नगरेको दाबी गरेको छ।

युक्रेनी सेना राजधानी पुगेसँगै युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रसियाली राष्ट्रपति भ्लादमीर पुटिनलाई छलफलमा आउन आग्रह गरेका छन्।

‘युक्रेनको सबै क्षेत्रमा युद्ध भइरहेको छ। मानिसहरुको हत्या रोक्न अब हामी बसेर छलफल गरौं’ जेलेनस्कीले पुटिनलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell