PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बालकोट भेटमा कांग्रेस एमालेका फेरिएनन् अडानः एमालेले थप्यो शर्त, ‘अर्ली इलेक्सनमा जाने भए कांग्रेसलाई सपोर्ट’



पहिलोपोस्ट

बालकोट भेटमा कांग्रेस एमालेका फेरिएनन् अडानः एमालेले थप्यो शर्त, ‘अर्ली इलेक्सनमा जाने भए कांग्रेसलाई सपोर्ट’

काठमाडौँः सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। विपक्षी दलका नेता ओली निवास बालकोटमा भएको छलफलमा दुबै पक्षबाट पुरानै कुरामा अडान रहेको बताएका छन्। समझदारीको कुनै मूर्त खाका नबनेको दुबै पक्षका नेताहरुको भनाई छ।

सत्ता गठबन्धनभित्र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई लिएर धुव्रीकरण बढेपछि देउवाले ओलीसँगको सम्वादलाई बाक्लो बनाएका छन्। तर, सहमति भने हुन सकेको छैन। 

शुक्रबारको छलफलका पनि कांग्रेसले एमसीसी पारित प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ। एमालेले यसअघिका शर्तलाई यथावत राखेको छ। एमालेले १४ सांसदमाथिको कारबाही वा सभामुखविरुद्ध आचरणको प्रस्ताव दर्ताको विषयलाई बैठकमा मुख्य प्राथमिकतामा राखेको छ। 
शुक्रबारको छलफलपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षसँग ठोस सहमति नभएको बताए। 

कार्कीले भने, ‘आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सुचारु गर्नका निमित्त प्रमुख प्रतिपक्षी दलका नेतालाई अस्ति पनि भेटघाट गर्नुभयो। हिजो पनि भेट्नुभयो। यसैको निरन्तरता हो आज। प्रधानमन्त्रीजीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुरानै कुरा दोहोर्या्उनुभएको छ। हामीलाई संसदमा प्रवेश गर्ने वातावरण तयार गर्नुस्। त्यसपछि हामी हाम्रो विचार राख्छौँ। र त्यो पछि निष्कर्षमा पुग्न सजिलो हुन्छ भन्नुभएको छ।’

यस्तै, एमाले नेता प्रदीप ज्ञवालीले पनि छलफलमा कुनै ठोस प्रगति नभएको बताए। 

ज्ञवालीले भने, ‘उहाँले हिजोअस्ति जस्तै प्रस्ताव गर्नुभयो। एमालेले संसदमा छलफल गर्ने वातावरण त पाउनुपर्योि। एमसीसी अनिर्णित हुनुपर्दैन। उत्ताउलो पनि हुनुपर्दैन। नेपाली कांग्रेस र एमालेका बीचमा समझदारी हुनुपर्छ भन्ने विषयमा छलफल भएको छ। राजनीतिमा अराजनीतिक विषय पनि प्रदर्शन भइरहेको छ त्यसलाई कसरी स्वच्छ बनाउने भन्ने विषयमा पनि छलफल भयो।’

अर्ली इलेक्सनमा जाने भए कांग्रेसको प्रस्तावमा समर्थन रहने पनि एमालेको शर्त छ। दुई दलबीच भोलि पुनः छलफल हुने ज्ञवालीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell