PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

युक्रेनमा रहेका नेपालीलाई दूतावासको अपिल, सीमा जोडिएका छिमेकी मुलुकमार्फत स्वदेश फर्कनुस्



पहिलोपोस्ट

युक्रेनमा रहेका नेपालीलाई दूतावासको अपिल, सीमा जोडिएका छिमेकी मुलुकमार्फत स्वदेश फर्कनुस्

काठमाडौँः युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कनका लागि युक्रेनका अन्य छिमेकी मुलुकमा प्रवेश सुविधा दिएको भन्दै सुरक्षित रुपमा स्थानान्तरण हुन नेपाली दूतावासले आग्रह गरेको छ। 

बर्लिनस्थित दूतावासले सूचना जारी गर्दै गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले दिएको सुविधा उपयोग गर्न आग्रह गरेको हो। युक्रेनबाट निस्कने विदेशी नागरिकलाई ती मुलुकले स्वदेश फर्कनका लागि प्रवेशको सुविधा दिएका छन्। 

दूतावासको सम्पर्कमा हालसम्म १९३ नागरिक आएको र उनीहरु सुरक्षित रहेको जनाइएको छ। दूतावासले आफ्नो परिचय खुल्ने कागजातसहित अन्य मुलुकमा जान नेपाली नागरिकलाई आग्रह गरेको हो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell