PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जसपा कार्यकारिणी सदस्य एमसीसी सम्झौता पढ्दै, आज 'निर्णायक' बैठक



पहिलोपोस्ट

जसपा कार्यकारिणी सदस्य एमसीसी सम्झौता पढ्दै, आज 'निर्णायक' बैठक

काठमाडौ : जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ। जारी केन्द्रीय कार्यकारिणी समिति बैठकको आजको मूल एजेन्डा नै एमसीसी राखिएको छ।

शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा हिजो कार्यकारिणी सदस्यहरुलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन छन्। 

आन्तरिक विवादमा रहेको जसपाको कार्यकारिणी बैठक तीन महिनापछि हिजो बसेको हो। जसपामा हाल कायम १९ जना सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell