PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कोभिडसम्बन्धित सबै प्रतिबन्ध हटाउने दिल्ली सरकारको निर्णय



पहिलोपोस्ट

कोभिडसम्बन्धित सबै प्रतिबन्ध हटाउने दिल्ली सरकारको निर्णय
एएनआई

नयाँदिल्ली : भारतको दिल्ली सरकारले कोभिड-१९ सँग सम्बन्धित सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ। सङ्क्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले शुक्रबार यो निर्णय लिएको हो।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका प्रायः सबै प्रतिबन्ध हटाइएको बताएका छन्। 'प्रतिबन्धले नागरिकहरूले रोजगारी गुमाएर कठिन दैनिकीको सामना गरिरहेका छन्। स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ,' उनले भने ।

अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयले विद्यालयमा भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न सक्ने उनको भनाइ छ। 

मास्क नलगाउनेलाई गरिने जरिवाना घटाएर ५०० रुपैयाँमा सिमित गरिएको छ। 'सबैले कोभिड-१९ वृद्धि नियन्त्रणका लागि स्वतस्फूर्त उचित व्यवहारलाई निरन्तरता दिनुपर्नेछ। यसका सरकारले कडा निगरानी राख्नेछ,' केजरीवालले भने।

दिल्लीमा रातिको निषेधाज्ञा सोमबारबाट अन्त्य हुनेछ। राति पसल, रेस्टुराँ र व्यापारिक प्रतिष्ठानहरू अबेरसम्म खुला रहन सक्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell