PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कर्पोरेट बीच क्रिकेट: सनराइज बैङ्क र माछापुछ्रे बैङ्क फाइनलमा



पहिलोपोस्ट

कर्पोरेट बीच क्रिकेट: सनराइज बैङ्क र माछापुछ्रे बैङ्क फाइनलमा

चितवन: कर्पोरेट बीच क्रिकेट अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलबाट सनराइज बैङ्क र माछापुछ्रे बैङ्क फाइनलमा पुगेका छन्।

रिभरसाइड स्प्रीङ रिसोर्ट कुरिनटारमा जारी प्रतियोगितामा ८ वटा कर्पोरेट टिमको सहभागिता छ। सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइएको छ। जसको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए।

पहिलो सेमिफाइनलमा सनराइज बैङकले जावलाखेल ग्रुपलाई ५ विकेटले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

दोस्रो सेमिफाइनलमा कुमारी बैङ्कलाई ६ रनले हराउँदै माछापुछ्रे बैङ्कले फाइनलमा स्थान सुरक्षित गर्‍यो।

प्रतियोगितामा अजोड इन्सुरेन्स, कुमारी बैङ्क, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज महालक्ष्मी विकास बैङ्क, सेन्चुरी बैङ्क, माछापुछ्रे बैङ्क, हिमालयन बैङ्क र सनराइज बैङ्कको सहभागिता छ।

जसमध्ये समूह ए बाट कुमारी बैङ्क र जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजले सेमिफाइनलमा पुगेका थिए भने समूह बी बाट माछापुछ्रे बैङ्क र सनराइ बैङ्कले सेमिफाइनल स्थान बनाएका थिए।

पहिलो दिनको खेलमा जावलाखेललाई अजोड इन्सुरेन्सले ६ विकेटले हराउँदा महालक्ष्मी विकास बैङ्कलाई कुमारी बैङ्कले ६ विकेटले जित निकालेको थियो। त्यस्तै सेन्चुरी बैङ्कलाई सनराइज बैङ्कले हराउँदा हिमालयन बैङ्कलाई माछापुछ्रे बैङ्कले हरायो।

पाँचौं खेलमा महालक्ष्मी बैङ्कले अजोड इन्सुरेन्सलाई हराउदा जावलाखेल कुमारी बैङ्कसँग पराजित भयो। त्यस्तै माछापुछ्रेलाई सनराइज, हिमालयनले सेन्चुरी बैङ्कलाई, कुमारी बैङ्कलाई अजोड इन्सुरेन्सले, जावलाखेल ग्रुपलाई महालक्ष्मी विकास बैङ्कले, सनराइज बैङ्कले हिमालयन बैङ्कलाई हराउँदा हिमालयन बैङ्कलाई माछापुछ्रेले हराएको थियो।

प्रतियोगिताको फाइनल खेल पनि आजै हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell