PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

महाशिवरात्रीको तयारी : भित्ता भित्तामा शिव पार्वतीको तस्विर, फूलैफूलले सजाइँदै पशुपति

महाशिवरात्रीको तयारी : भित्ता भित्तामा शिव पार्वतीको तस्विर, फूलैफूलले सजाइँदै पशुपति

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : महाशिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्रलाई सिँगारिन थालिएको छ। महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ। भारतबाट साधुसन्तहरु पशुपति आउन थालेका छन्।

यही फागुन १७ गते परेको महाशिवारत्रीको लागि भनेर अहिले पशुपति क्षेत्रमा प्रवेशद्वार निर्माण देखि भित्तामा शिवको चित्रहरु बनाइँदैछ। यस्तै, विभिन्न स्थानमा बिजुली बत्तीले झिलीमिली बनाउने क्रम पनि सुरु भइसकेको छ।

मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिनेछ। बिजुली बत्ती र फूलले सजाउन दाताले करिब ५० लाखबराबरको सहयोग गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्रलेखन समेत गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell